अपडेट 
२०८० पुष २८, शनिबार ०८:०६

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती एवं एकता दिवस जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाएको छ । पृथ्वी जयन्ती एवं एकता दिवसको अवसर पारेर नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले रैली निकाल्दै नगर परिक्रमा गरेको छ । जनकपुरधामस्थित भानु चोकबाट निस्केको रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै राजावादी किशोरी महतोले कुनै पनि स्वार्थमा लागेर राष्ट्रिय एकता कमजोर हुनु हुँदैन सन्देश पृथ्वीनारायण शाहले दिएको उनको सन्देश पालन गर्न तर्फ सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताए । देशमा राष्ट्रिय एकता कायम गर्नका लागि राजतन्त्र आवश्यक रहेको उनको भनाई थियो ।

नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाका अध्यक्ष प्रकाशजंग राणाले सरकारले पृथ्वी जयन्तीको अवसरमा फेरी विदा दिन शुरु गरेकोमा खुशी व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News