अपडेट 
२०८० पुष २८, शनिबार १६:२२

आउँदो माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी, कर्णली र सूदुरपश्चिम प्रदेशमा छ/छ जना गरी आठ राजनीतिक दलका ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ ।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार हुनुहुन्छ । यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News