अपडेट 
२०८० पुष २९, आईतवार ०८:३०

वीरगञ्जकी वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर निलम चौरसिया राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित भएकी छन् ।

वीरगञ्ज स्थित सीता अस्पतालकी सञ्चालिका समेत रहेकी डाक्टर चौरसियालाई राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित गरिएको छ । चितवनको भरतपुरमा शनिबार स्वास्थ्य दर्पणद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य शंशाक कोइरालाले डाक्टर चौसियालाई उक्त अवार्ड प्रदान गर्दै सम्मानित गरेका थिए । स्वास्थ्य र चिकित्सा क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै डाक्टर चौरसियालाई स्वास्थ्य दर्पणले राष्ट्रिय हेल्थ अवार्डबाट पुरस्कृत गरेको डाक्टर चौरसियाका श्रीमान् डाक्टर दिलीप चौरसियाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News