अपडेट 
२०८० माघ १, सोमबार १२:३३

धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भिर घाइते अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा आईतवार बिहान राधे मृत फेला परेका हनु । उनकी श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । राधेको ससुराली क्षिरेश्वरनाथ नगरपालिका पकडिया रहेको छ । ६ महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

Comment


Related News

Latest News

Trending News