२०८० माघ २, मंगलवार ०७:४७

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताको जगलाई बलियो बनाउनका लागि पत्रकारहरुले आ–आफ्नो ठाउँबाट कलम चलाउन आग्रह गरेका छन् ।

सोमबार जनकपुरधाम स्थित अञ्जनी स्वीट्स होटेलमा तिला संक्रान्तिको अवसरमा पत्रकारहरुलाई शुभकामना दिदैँ मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारको अगाडी अनेकन चुनौतिहरुका बावजुद संघीयताको संरक्षण, सुशासनको कार्य, विकास निर्माण र प्रदेश सरकारले आफ्नै अधिकारका लागि पनि संघर्ष गरिरहेको भन्दै उनले संघीयतामाथि देखिएको चुनौती चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

प्रेस मञ्च नेपाल धनुषाको आयोजनामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुर, वरिष्ठ पत्रकार हिमांशु चौधरी, रामभरत साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतलगायतका वक्ताले बोलेका थिए ।

Comment

Related News

Latest News

Trending News