२०८० माघ २, मंगलवार १८:१८

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। 

उनको स्वागतमा शिवनगर चौकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो।

प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिसको सहभागिता रहेको अनुमान गरिएको छ।

Comment

Related News

Latest News

Trending News