अपडेट 
२०८० माघ ३, बुधबार ०७:४४

मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ ।

प्रदेशसभाबाट तत्कालीन प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र जनकपुरधामलाई स्थायी राजधानी सर्वसम्मतरुपमा पारित भएको दिनलाई स्मरण गर्दै पहिलो पटक मधेश प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको छ ।

प्रदेश सांसद प्रमोद कुमार जैसवालले करिब एक साता अघि देखि नै स्वाभिमान दिवस मनाउने योजना रहेको भन्दै उनले प्रत्येक निर्वाचन क्षेत्रमासमेत दिवस मनाउने जानकारी दिए । स्वाभिमान दिवसको अवसरमा मुख्यमन्त्री सरोजकुमार यादवले एक वर्षे कार्य प्रगति विवरणसमेत सार्वजनिक गर्ने भएका छन् ।

मधेश प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतकै पालादेखि प्रदेशको नाम र स्थायी राजधानीको नामकरणका लागि भरपुर प्रयास गरे पनि सफलता पाउन सकेको थिएन । प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा तीन पटक चुनाव भएको थियो भने आन्दोलनसमेत भएको थियो ।

प्रदेशसभामा संसदीय दलहरु विभाजित हुँदै आ–आफ्नै अडानमा रहँदा प्रदेशको नामकरण र स्थायी राजधानी हुन नसक्दा लामो समयसम्म अन्योलमा पर्दै आएको थियो ।

Comment


Related News

Latest News

Trending News