अपडेट 
२०८० माघ ३, बुधबार ०७:५४

धनुषामा एकदिन अघि श्रीमानको रहस्यमय मृत्यु भएको एक दिन नवित्दै श्रीमतीको मृत्यु पछि घटना अझै रहस्यमय बनेको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय श्रीमान् राधे सहनीको घटनास्थलमै मृत्युभएको एकदिन नबित्दै गम्भीर घाइते भएकी २० वर्षीया श्रीमती अस्मिता सहनीको पनि उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएपछि घटना अझै रहस्यमय बनेको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले श्रीमान् राधे क्षीरेश्वरनाथ नगरपालिका–३ स्थित पकडियाको सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।

चार महिना अघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । सहनी दम्पत्ती क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा डेरा लिएर बस्दै आएका थिए । आइतबार राति १० बजेतिर केही साथीसँगै ससुराली पकडियाबाट महेन्द्रनगर डेरामा आउने क्रममा ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा अस्मितालाई लिएर हिडेका राधे बाटोमै दुर्घटनामा परेका थिए ।

राधेका साथीहरु दुर्घटनामा परेका राधेलाई बेवास्ता गर्दै अस्मितालाई गम्भीर घाइते अवस्थामा माइत पु¥याएर फरार भएका थिए । माइती पक्षले राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको भन्दै प्रहरीलाई भनेको थियो । अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो ।

रातभर राधेलाई खोजबिन गर्दा सोमबार बिहान उनी मृत अवस्थामा फेला परेको ईप्रका महेन्द्रनगरले जनाएको छ । प्रहरीले भागेका तीन जना युवालाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मोटरासइकल दुर्घटना भएको खुलासा भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

राधे मृत फेला परेका ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो केही पार्टपूर्जासमेत फेला परेको थियो । तर राधेले चलाउने मोटरसाइकल अन्य साथीको रहेको खुलेको उनले बताए । राधेले अत्यधिक मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Comment


Related News

Latest News

Trending News