अपडेट 
२०८० माघ ४, बिहीबार ०७:४८

जनमत पार्टीबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामशंकर महासेठले राष्ट्रिय सभाको निर्वाचन मधेशी नेताहरुको लागि स्र्वण अवसर रहेको बताएका छन् ।

बुधवार पत्रकार सम्मेलन गरी महासेठले नेपालको राजनीतिमा खस पहाडी शासक वर्गको वाहुल्यता रहेको भन्दै त्यसलाई तोड्न मधेशी नेताहरुले एकजुट हुनुपर्ने बताए । मधेश प्रदेशबाट पनि नेपाली काँग्रेस कुनै मधेशीलाई टिकट नदिई विगत ४० सालदेखि राजनीतिक गर्दै आएका व्यक्तिले पटक–पटक अवसर पाउने गरेको आरोप लगाए । राष्ट्रिय सभामा पछाडि परेका वर्ग तथा समानुपातिक समावेशी हिसाब हुनुपर्नेमा एउटै समुदायका व्यक्तिलाई घुमाईफिराई अवसर पाउने गरेका छन्, उनले भने,‘ त्यसकारण खस पहाडि मानसिकतालाई तोड्न राष्ट्रिय सभाको निर्वाचन सुनौलो अवसर हो, त्यसमा सबै मधेशी नेताहरु सचेत हुनु आवश्यक छ ।’ राष्ट्रिय सभाको निर्वाचनमा आर्थिक चलखेल समेत हुने गरेको उल्लेख गर्दै उनले भने,‘ आर्थिक लाभभन्दा पनि आफ्ना पहिचान र स्वाभिमानको पक्षमा मतदान गर्न सबै जनप्रतिनिधीलाई मेरो आग्रह छ ।’ अहिलेको मतभारको आधारमा हामी पछाडि छौ तर यहाँका जनप्रतिनिधी चाहेको खण्डमा आफ्नो विजय हुने सम्भावना प्रबल रहेको उनले दावी गरे ।

पत्रकार सम्मेलनमा जनमत पार्टीका सचिव विपी साहको समेत उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News