अपडेट 
२०८० माघ ४, बिहीबार १३:०७

केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ । हिजो तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Comment


Related News

Latest News

Trending News