अपडेट 
२०८० माघ ५, शुक्रबार ०७:४२

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको निर्वाचनमा आफू पराजित भए पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको बिहीवार भएको मधेश प्रदेश संसदीय दलको बैठकमा सत्तागठबन्धनका उम्मेदवारद्वय आनन्दप्रसाद ढुंगाना र पूजा चौधरीको जीत सुनिश्चित रहेको भन्दै पूर्वमन्त्रीसमेत रहेका नेता यादवले माओवादी गठबन्धनप्रति इमान्दरीपूर्वक प्रतिबद्ध रहेको बताए ।

माओवादीको संसदीय दलका कार्यालयमा ८ वटै जिल्लाबाट सहभागी भएका जनप्रतिनिधिहरुसंग नेपाली कांग्रेसका अन्य कोटाका उम्मेदवार ढुंगाना र जनता समाजवादी पार्टी (जसपा)नेपालकी नेतृ पूजा चौधरीसंगको परिचयात्मक कार्यक्रममा नेता यादवले भने, ‘प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको क्रममा आफ्नो जीत सुनिश्चित रहँदासमेत आफूले हार बेहोर्नु परेको स्मरणगर्दै उनले भने–‘मधेश प्रदेशमा गठबन्धनका उम्मेदवारहरुसंग माओवादीका नेता तथा कार्यकर्ताहरुले सक्रियतासाथ सहयोग नगरेको भनेर भन्नु होला, किनभने यस निर्वाचनमा जनताले नभइ जनप्रतिनिधि र सांसदहरुले मतदान गर्ने भएकाले माओवादीको सम्पूर्ण मत गठबन्धनका उम्मेदवारलाई जाने भएकाले ढुक्क भएर अन्य दल तथा मतदातालाई रिझाउनु होला, हामी गठबन्धन र गठबन्धनका उम्मेदवारप्रति इमान्दार छौँ ।’

माओवादी नेता यादव गत संसदीय चुनावमा धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । कांग्रेससितको गठबन्धनबाट उम्मेदवार भएका यादवलाई ढुंगाना लगायतका कांग्रेसका नेताहरुले घात गरेको आरोप छ । कांग्रेस र जसपाले सुरु गरेको चुनाव प्रचारबाट अलग रहँदै आएको माओवादी केन्द्रले छुट्टै कार्यक्रमको आयोजना गरी चुनावमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘माओवादीका मतदातालाई भोजभतेरसमेत गर्नुपर्दैन, खानपानसमेत गर्नुपर्दैन’ नेता यादवले भने, यसका लागि हामी आफै सक्षम छौँे ।’ उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बेलामा ओली आफैले गर्ने सहमति र कार्यान्वयनको बेला आफ्नै बोली फेर्ने प्रवृत्तिले प्रतिपक्षी रहेका कांग्रेससंग मिलेर अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेकाले माओवादीको बोली, वचन र व्यवहार एकै किसिमको रहेको स्पष्ट पारे ।

उनले कार्यक्रममा उपस्थित रहेका जनप्रतिनिधि, प्रदेश सांसदहरुलाई निर्देशन दिदैँ गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि अन्य मतदातासंगसमेत मत माग्न र मत दिनका लागि निर्देशन दिए । कार्यक्रममा उपस्थित रहेका कांग्रेसका उम्मेदवार ढुंगानाले आफू माओवादी र मतदाताप्रति मतका लागि विश्वस्त रहेको बताए । संविधान, संघीयता र मुलुक रक्षाका लागि अहिलेको गठबन्धनको सरकारसमेत रहेको बताउँदै उम्मेदवार ढुंगानाले यही गठबन्धनको सरकारले आगामी पाँच वर्षसम्म सरकार चलाउने बताए । उनले अहिले संघीयता कार्यान्वयनका लागि प्रदेश प्रहरी ऐन र निजामती कर्मचारीसम्बन्धी विधेयक निर्माण तथा संशोधन गरी संघीयतालाई बलियो बनाउने तर्फ वर्तमान सरकार लागि परेको बताए । उनले सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनका लागि उम्मेदवार र गठबन्धनकोसमेत उतिकै महत्वपूर्ण भूमिका रहेकाले साथ, सहयोग र समर्थन अपरिहार्य रहेको बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन अवधिभर मधेश प्रदेशभरका जिल्लामा मतदाताहरु समक्ष प्रचारप्रसारसहित मत माग्नका लागि माओवादीको सक्रिय सहभागिताको लागि उनले आग्रह गरेका थिए । माओवादीका मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा जसपाकी उम्मेदवार चौधरीले गठबन्धनको उम्मेदवारलाई जिताउनका मतदान गरी जिताउनका लागि आग्रह गरिन् ।

यता नेकपा एमाले र जनमत पार्टीसमेत आ– आफ्ना उम्मेदवारलाई जिताउनका लागि मतदाताको घरदैलोमा गएर मत मागिरहेका छन् । भने जित्नका लागि विभिन्न रणनीतिहरुसमेत बनाइरहेका छन् ।यही माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।

Comment


Related News

Latest News

Trending News