अपडेट 
२०८० माघ ५, शुक्रबार ०७:४८

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाका दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिनका लागि जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले मुख्यमन्त्री सरोजकुमार यादवसँग आग्रह गरेका छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनले माघ ८ गतेका दिन प्रदेशभर सार्वजनिक विदा दिनका लागि मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् । भारतको अयोध्यामा वर्षौको विवादपछि सर्वोच्च अदालतको फैसला अनुसार अयोध्यामा भगवान रामको मन्दिर निर्माण भइ मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राणप्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दू धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले दीपावली मनाउन आग्रह गर्दै प्रदेशमा सो दिन सार्वजनिक विदा दिन उनले आग्रह गरे ।

उत्तराधिकारी महन्त रामरोशनले मिथिला र अवधको धार्मिक, पौराणिक, आध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता सीताको ससुरालीमा हुने हर्ष बढाईमा मधेश प्रदेशवासी तथा मिथिलावासी सहभागी हुन मधेश प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमहरुका साथै दीपावली मनाउनका लागिसमेत त्रेता युगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको संदेश दिन सरकारी रूपमा उत्सव मनाउन प्रदेशमा सार्वजनिक विदाको घोषणा गरी प्रदेशवासीमा दीपावली मनाउन आग्रहपूर्ण सन्देश दिन मुख्यमन्त्रीसँग अनुरोध आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News