अपडेट 
२०८० माघ ५, शुक्रबार १६:५९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समूदायमाथि विभेद गरिरहेको बताउनुभएको छ ।

१७ औ वलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक वुद्धिजिवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समूदायमाथि बिभेद गरिरहेको बताउनुभएको हो । उहाले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समूदायमाथि दमन गर्ने गरेको जिकिर गर्नुभयो । अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेशमा कम बजेट बिनियोजन गरेको धारणा राख्नुभयो । उहाले मधेशी समूदायको हक अधिकार स्थापीत गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गर्नुभयो ।

२०६३ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेशकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

 

Comment


Related News

Latest News

Trending News