अपडेट 
२०८० माघ ६, शनिबार ०८:२३

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले अझै पनि मधेश र मधेशीसंग विभेद कायमै बताएका छन् ।

जनकपुरधाममा लोसपा नेपाल धनुषाले शुक्रबार आयोजना गरेको १७ औँ बलिदानी दिवसको अवसरमा बोल्दै पूर्वमन्त्री सोनलले मधेश प्रदेशमा शान्ति सुरक्षाको अति आवश्यक रहेकाले मधेश सरकारलाई आफ्नो प्रहरी प्रशासन अपरिहार्य रहेको बताए । उनले मधेशमा बढ् दो आपराधिक क्रियाकलाप रोक्नका लागि संघीय सरकार असफल भएको बताउँदै तत्काल प्रदेश सरकारलाई आफ्नो प्रहरी– प्रशासन जरुरी रहेको बताए । उनले तत्काल संघीय सरकारले प्रदेश सरकारलाई प्रहरी समायोजन गरी आफ्नो प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने अधिकार दिनुपर्ने बताए । उनले आन्दोलन र संघर्षकै कारण ८ वटा जिल्लालाई भए पनि मधेश प्रदेश नामकरण गर्न सकेको बताउँदै नेता सोनलले अदालत, नेपाली सेनालगायत राज्यको विभिन्न निकायमा अझै पनि मधेशीलाई विभेद गर्ने काम गरिरहेको बताए ।

Comment


Related News

Latest News

Trending News