अपडेट 
२०८० माघ ६, शनिबार ०८:२५

जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर तथा जनता समाजवादी पार्टी (जसपा)का राजनीति समिति सदस्य लाल किशोर साहले मधेशी शहीदको सपना साकार हुने समय आएको बताएका छन् ।

मधेशमा भएको पटक पटकका आन्दोलनको जगमा संघीयता स्थापना भएको बताउँदै पूर्व मेयर साहले मधेश आन्दोलनको केन्द्र स्थल रमेश चोकमा अन्य कसैको शालिक निर्माण गरिए वा नाम परिवर्तन गर्ने प्रयास गरिएमा ठूलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी दिए । मधेश आन्दोलनको जगमा आएकै संघीयताका कारण यहाँ प्रदेश सरकार र स्थानीय सरकारहरु गठन भएकाले जनकपुरधाम उप–महानरपालिकाले शहीद गेट निर्माण गरेको बताए ।

रमेश चोकमा राम जानकीको प्रतिमा र तल रमेश महतोका शालिक निर्माण गर्ने लगायतका योजना तत्कालीन समयमा बनाइको स्मरण गराएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले रमेश महतो चोकको नाम परिवर्तन र अन्य कसैको शालिक बनाउने चेष्टा गर्दा उसले भविश्यमा आउन सक्ने नोक्सानी बेहोर्नकालागि तयार रहनुपर्ने चेतावनी दिए । मधेशी संग खेलवाड गर्दा गर्दै मधेशी शहीद संग समेत खेलवाड गर्न लाग्दा धेरै दुःख लागेको बताएका थिए । कार्यक्रममा विभिन्न संगठनका युवा तथा विद्यार्थी नेताहरुले सम्वोधन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News