अपडेट 
२०८० माघ ६, शनिबार ०९:४७

युवाहरुको क्षमता विकासमा काम गर्ने संस्था जनकपुर जेसिज ४१ औं शाखाको अधिवेशन सम्पन्न भएको छ ।

जनकपुर जेसिजमा आवद्ध सद्स्यहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा वक्ताहरुले युवाहरु नै समाज र राष्ट्रको संवाहक रहेकाले युवाहरु समाज सेवामा सक्रिय हुनुपर्नेमा जोड दिए । पछिल्लो समय सामाजिक विचलन बढिरहेको समयमा युवाहरुको भूमिका महत्त्वपूर्ण हुने वक्ताहरुले बताए ।

जनकपुर जेसिजका अध्यक्ष अभिषेक कुमार चौधरीको अध्यक्षता एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको प्रमुख आतिथ्यमा सप्पन्न अधिवेशनमा जनकपुर जेसिजका पूर्ब अध्यक्षहरु श्यामकुमार साह, प्रमोदकुमार चौधरी, मनिषरमण साह लगायतका वक्ताहरुले बोलेका थिए ।

अधिवेशनमा सामुदायिक तथा व्यवसायिक विकास क्षेत्र, व्यक्तिगत तथा अन्तर्राष्ट्रिय विकास क्षेत्र, महासचिवको प्रतिवेदन लगायतको प्रतिवेदन प्रस्तुत गरिएको थियो । अधिवेशनबाट नयां नेतृत्व समेत चयन भएको छ ।

नेया नेतृत्व अनुसार अध्यक्षमा जेसी यातोश कुमार साह चयन भएका छन् । त्यस्तै, का.का.उपाध्यक्षमा जेसी रजनिश कु.साह र जेसी कमल कुमारी मण्डल चयन भएका हुन । उपाध्यक्षमा जेसी लोकेन्द्र प्रसाद साह, रन्जित पजियार, जेसी मनोहर ठाकुर, जेसी अभिनास साह चयन भएका छन् । त्यस्तै, महासचिवमा जेसी मुकेश साह, कोषाध्यक्षमा जेसी दिपक यादव र कानूनी सल्लाहकारमा जेसी राहुल निधि चयन भएका हुन ।

Comment


Related News

Latest News

Trending News