अपडेट 
२०८० माघ ६, शनिबार १५:३५

भगवान् श्रीरामको प्राण प्रतिष्ठा समारोहमा जान चाहेका नेपाली श्रद्धालुहरूका लागि भारतीय रेल जनकपुरधामबाट अयोध्या जाने भएको छ ।

भारतीय रेल्वेले २० डब्बा भएको रेल जनकपुरधाम पठाउन लागेको हो । उक्त रेल नेपाली श्रद्धालु बोकेर भोली जनकपुरधामबाट अयोध्याका लागि छुट्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जन झाले जानकारी दिए ।

उनले परराष्ट्र मन्त्रालयको पहलमा भारतीय दूतावास मार्फत भारतीय रेल्वेले श्रद्धालुको सहुलियतका लागि रेल पठाउन लागेको बताए ।

उनले भने, ‘अहिले टिकटको शुल्क कन्फर्म भइसकेको छैन । केहिबेरमा कन्फर्म हुन्छ ‌। त्यसपछि साँझ ४ बजेदेखि बुकिङ खुल्ला गर्छौँ ।’

Comment


Related News

Latest News

Trending News