अपडेट 
२०८० माघ ६, शनिबार १८:५३

प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा कर्णाली प्रदेशलाई हराउँदै मधेश प्रदेशले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ ।

जीतका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा अलआउट हुँदै १७० रनमा समेटिएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन, दिनेश अधिकारीले ३३ र विपिन शाहीले ३१ बनाए ।

बलिङमा मधेशका लागि राजेश यादव र प्रदीप पासवानले २/२ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रंजित कुमार, हरिशंकर शाह र पवन सर्राफले १/१ विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । मधेशको जीतमा कप्तान हरिशंकर शाह र मयन यादवले अर्धशतकीय इनिङ खेले । हरिशंकर र मयनले समान ५०/५० रन बनाए ।

खेलमा अनिल शाहले ४४, अविशेक तिवारीले ३४, राजेश यादव र प्रदिप पासवानले ११/११ रन बनाए । बलिङमा दीपेन्द्र रावतले ४ विकेट, अनुज चनाराले २ तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले १/१ विकेट लिए ।

जीतसँगै मधेशले ६ अंक बनाएको छ भने कर्णालीको ४ अंक छ । प्रतियोगितामा सुदूरपश्चिम र बागमतीले पनि समान ६ अंक बनाएका छन् ।

Comment


Related News

Latest News

Trending News