अपडेट 
२०८० माघ ७, आईतवार ०७:५४

धनुषा जिल्लाको मुखियापट्टी मुसहरिनया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि सांघातिक आक्रमणमा प्रयोग भएको गाडी सोका चालकलाई प्रहरीले शनविार नियन्त्रणमा लिएको छ ।

 

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १९ बेंगाशिवपुरबाट धनुषा प्रहरीले मधेश प्रदेश ०२ ००१च १०४७ नम्बरको गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । धनुषाका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी रञ्जन आवाले बेंगाशिवपुरबाट गाडीसहित एक जना चालकलाई नियन्त्रणमा लिएको जनाएका छन् । प्रादेशिक अस्पताल जनकपुरबाट जिरोमाइलस्थित निवास फर्किने क्रममा अध्यक्ष यादवमाथि बिहीबार राति आक्रमण भएको थियो । आक्रमणमा घाइते भएका अध्यक्ष यादवलाई नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले भेटघाटगर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

Comment


Related News

Latest News

Trending News