२०८० माघ ७, आईतवार ०७:५९

एथलेटिक्स संघ मधेश प्रदेशको अध्यक्षमा पुष्प यादवलाई चयन गरिएको छ । जनकपुरधाममा शनिवार आयोजित एक भेलाबाट यादवको अध्यक्षतामा समिति गठन गरिएको छ ।

राराव क्याम्पसका शारीरिक विषयका प्रध्यापक इन्द्र कुमार यादवको अध्यक्षतामा तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मतबाट पुष्पा यादवलाई प्रदेश अध्यक्षमा चयन गरेको जनाइएको छ ।

समितिको उपाध्यक्षमा विनोद कुमार कामति, सचिवमा दिलिप कुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेललाई चयन गरेको छ । सदस्यहरुमा अंशु सिंह, सकुन्ताला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल निलम यादव, गौतम रहेका छन् । समितिको सल्लाहकारमा इन्द्र कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साहलाई चयन गरिएको जनाइएको छ ।

भेलाको उद्घाटन सत्रमा पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दास लगायत दर्जनौं व्यक्तिले खेलकुदको बारेमा आफ्ना विचार राखेका छन् ।

Comment

Related News