अपडेट 
२०८० माघ ७, आईतवार १४:२९

पर्साको वीरगञ्जमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट तल झाडीमा खसेको देखिएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News