अपडेट 
२०८० माघ ७, आईतवार २०:३६

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी र चुरे तथा वनजंगल संरक्षण अभियानविच आइतबार भएको छलफल निस्कर्ष विहिन बनेको छ ।

आइतबार मन्त्रालयमा भएको मन्त्री कुर्मी र अभियानका संयोजक सुनिल कुमार यादवविच भएको छलफल निस्कर्षमा पुग्न नसकि सम्पन्न भएको हो । अभियानका संयोजक यादवले चुरे तथा वनजंगल संरक्षणका लागि प्रस्तुत गरेको पाँच वटा बुंदा माथि मन्त्री कुर्मीले सकारात्मक रहेको बताउदै माग गरिएका कुराहरु पुरा गर्नकालागि आफूलाई समय चाहिने भनेपछि अभियानी यादव असन्तुष्ट बन्दै छलफलबाट बाहिरिएको अभियानी चन्द्रकिशोर यादवले बताएका छन् ।

यादवका अनुसार मन्त्री कुर्मी प्रस्तुत गरिएको बुँदामा सकारात्मक देखिए पनि अभियानले माग गरेको छानवीन समिति गठनका लागि समय माग गरेपछि छलफल निस्कर्षविहिन बनेको बताए । चुरे तथा वनजंगल संरक्षण अभियानले एक हप्ता पहिले मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाउदै मागहरु पुरा गर्न आग्रह गरेका थिए । ज्ञापनपत्रमा यसभन्दा पहिले यसै मन्त्रालयले गठन गठन गरेको छानवीन समितिले गलत प्रतिवेदन प्रस्तुत गरेको र सोको प्रमाण डिभिजन वन कार्यालय सिरहाले दिईसकेकोले गलत प्रतिवेदन पेस गर्नेमाथि छानवीन समिति गठन गरि कारवाही प्रक्रियामा लग्नुपर्ने,सरुवा वढुवामा भएको भ्रष्टाचारको विषयमा छानवीन गर्नुपर्ने र सिर्सिया नदीलाई फोहर बनाउने लाई कारवाही गर्नुपर्ने लगायतको माग गरिएको थियो । आइतबार सोहि विषयमा मन्त्री कुर्मी र अभियानका संयोजक यादवविच छलफल भएको छ । मन्त्री कुर्मीले चुरे तथा वनजंगल संरक्षण अभियानले उठान गरेका मुद्दाहरु उचितनै रहेको बताए । यस मुद्दाप्रति आफूहरु सम्वेदनशिलनै रहेको र मुद्दा सम्वोधनका लागि आफूले पहल गर्ने बताए ।

आफूलाई समय दिन भनिएको तर कति समय दिन भन्दा भन्न नचाहेकोले आफू छलफलबाट असन्तुष्ट रहेको संयोजक यादवले बताए । उनले भने,‘मन्त्रीजीले आफूहरुको मागको विषयमा सकारात्मक भए पनि छानवीन समिति गठन गर्न तर्फ अग्रसर देखिएन ।’अब पनि मन्त्रालय गम्भीर नभए पुनः सडक आन्दोलन गर्न बाध्य हुने संयोजक यादवले चेतावनी दिए ।

Comment


Related News

Latest News

Trending News