अपडेट 
२०८० माघ ८, सोमबार ०७:३९

भगवान रामको नवनिर्मित मन्दिरमा सोमवार प्राण प्रतिष्ठा हुन लागेको छ । ७५ वर्षदेखिको विभिन्न लडाइ पछि रामन्दिर निर्माण पक्षधरहरुले सफलता पाएका छन् ।

मन्दिरको उद्घाटन र भगवानको प्राण प्रतिष्ठा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएका छन् । मन्दिरको प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित भन्दा कयौं गुणा बढी श्रद्धालुहरु अयोध्या पुगेका छन् । सनातन धर्मावलम्बीहरुले राममन्दिरको उद्घाटन समारोहलाई सहज रुपमा टीभी, अनलाईन लगायतका सञ्चार माध्यमहरुबाट हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

अयोध्यामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मन्दिरको वरिपरि आमन्त्रण कार्ड धारक बाहेककालाई प्रवेश निषेध गरिएको छ । समारोहमा भारतका सबै क्षेत्रका हस्तीहरु सहभागी हुने छन् । बाबरले भगवान रामको मन्दिरलाई भत्काएर मस्जिद बनाएका थिए । भारतको सर्वोच्च अदालतले राममन्दिर निर्माणको फैसला गरेको दुई वर्षमा नै निर्माण कार्य पूरा भइ प्राण प्रतिष्ठा भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News