अपडेट 
२०८० माघ ८, सोमबार ०७:४२

मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासको विरोध कार्यक्रम जनमत पार्टीले स्थगन नगरे सोमवार प्रदेश सरकारमा रहेका जनमतका शिक्षा मन्त्री महेश प्रसाद यादवलाई हटाइने छ ।

उच्चस्रोतका अनुसार शिक्षा मन्त्री यादव सप्तरीमा बसेर शिलान्यास कार्यक्रम स्थगन गर्न उपकुलपति र रजिष्ट्रारलाई निवासमा बोलाएर धम्की दिएको आरोप छ । सहकुलपति रहेका यादवले पदीय मर्यादा विपरीत कार्य गरेको आरोप लगाउँदै सरकारबाट हटाइने तयारी गरिएको छ । मुख्यमन्त्री यादव राजविराजमा पुगिसकेका छन् । उनी विश्वविद्यालयका कुलपति हुन् । रजिष्टार श्रीभगवान ठाकुरले शिलान्यासको कार्यक्रममा फेरबदल नभएको बताएका छन् । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव आइतवार राति जनकपुरधाममा नै रहेका छन् । उनी सोमवार बिहान राजविराज पुग्ने छन् ।

Comment


Related News

Latest News

Trending News