अपडेट 
२०८० माघ ८, सोमबार ०७:४५

भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । यसका साथै सोमबार उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सवैमा आग्रह गरिएको छ ।

जनकपुरधामबासीले घर घरमा भगवान हनुमान जीको झण्डा लगाएका छन् । जनकपुरधाम उप– महानगरपालिकाले सोमबारका दिन माछा मासु बिक्रीमा रोक लगाउनुका साथै उत्सवको अवसरमा दीपावली मनाउन आग्रह गरेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुष वाण लगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूल लगायत एक हजार भन्दा बढी भार अयोध्या पठाइसकेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास बिहीबार अयोध्या पुगेका छन् । माघ ८ गतेलाई सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी दासले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ज्ञापनपत्र समेत बुझाएका थिए ।

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अङ्कित झण्डा झुण्ड् याइएको छ । सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

Comment


Related News

Latest News

Trending News