अपडेट 
२०८० माघ ९, मंगलवार १८:४०

जनमत मधेश सरकारबाट बाहिरएको छ ।

सोमवार शिक्षा मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा मुख्यमन्त्रीलाई भेटेर जनमतका दुई मन्त्रीले राजिनामा बुझाएका छन ।

मुख्यमन्त्री सरोज कुमार यादवलाई जनमतका मन्त्रीद्वय महेश प्रसाद यादव र चन्दन सिंहले राजिनामा पेश गरेका हुन । यस अघि समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बझाइएको जनमत सरकारवाट बाहिर भएको जानकारी गराउन मुख्यमन्त्रीसंग समय माग गरेको थियो ।

पार्टीवाट यादव शिक्षा तथा संस्कृतीका साथै श्रम तथा यातायात मन्त्री पार्टी महासचिव चन्दन सिंह र कृषि तथा सहकारी राज्यमन्त्री संजय यादव रहेका थिए । मधेश सरकारमा जनमतको १३ सांसद रहेको छ ।

Comment


Related News

Latest News

Trending News