अपडेट 
२०८० माघ १०, बुधबार ०७:४७

धनुषा र महोत्तरीको सीमामा पर्ने रातु पुल नजिकै एक व्यापारीको ९ लाख ६० हजार रुपैयाँ लुटिएको छ ।

धनुषाको बरहरीस्थित चित्रा आयल स्टोरका कर्मचारी धुव्र कुमार बस्नेत मंगलबार विहान साढे १० बजेको समयमा पेट्रोलियम पदार्थको लागि ९ लाख ६० हजार रुयैपाँ लिएर महोत्तरीको बर्दिवासस्थित एक बैंकमा डिपोजिट गर्न गइरहेको बेला रातु पुल नजिक हतियार देखाएर रकम लुटि फरार भएका थिए ।

अल्फाबेट खुल्न नसकेको कालो रंङ्गको ५३१ नम्बरको एप्पाची मोटरसाईकलमा तीन जनाको समूहमा आएका हतियारधारीले बस्नेत चढेको मोटरसाईकलमा पछाडिबाट ठक्कर दिएर लडाएका थिए । दुई जनाले हतियार देखाउदै बस्नेतले झोलामा राखेको रकम लुटि धनुषाको किसाननगर तर्फ भागेको पेट्रोलियम डिलर एशोसिएन जनकपुरधामका महासचिव सत्रुधन यादवले जानकारी दिए । उक्त घटनाको क्रममा त्यहाँ रहेका स्थानीयवासीहरुले हतियारलेस अपराधिहरुलाई केही गर्न नसकेको उनले बताए ।

पेट्रोलियम डिलर एशोसिएन जनकपुरधामले पैसा लुटेर फरार भएका हतियारधारी समूहलाई खोजी गरी कानुन अनुसार कारवाही गर्न माग समेत गरेको छ । यता, मधेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामबाबु महतोले पैसा लुटने गिरोहको खोजी कार्य तीव्र रुपमा भइरहेको बताए । उनले महोत्तरी र धनुषाका प्रहरीले संयुक्त रुपमा गिरोहलाई खोजी कार्य गरिरहेको बताए ।

Comment


Related News

Latest News

Trending News