अपडेट 
२०८० माघ १०, बुधबार १९:२२

तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने भएको छ । तराईका कुनै–कुनै ठाउँमा बेलुकासम्म नै बाक्लो हुस्सुले ढाकिरहेको छ भने शीतलहर पनि चलेको छ ।

तीव्र गतिको हावा नचलेको र पानी नपरेकोले राति लागेको हुस्सु दिनभरि पनि नहटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

बाक्लो हुस्सुले तराई क्षेत्रका सबैजसो विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । धेरैजसो उडान ढिलाइ भएका छन्, केही रद्द भएका छन् । सडकमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।

नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही दिन, केही ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । तर देशैभर जमिन भिज्ने गरी एकैपटक पानी पर्ने सम्भावना भने कम रहेको छ । चर्को खडेरीले बालीनालीमा ठूलो असर परेको छ, केही ठाउँमा पानीको हाहाकार हुनुका साथै प्रदूषण पनि बढेको छ ।

Comment


Related News

Latest News

Trending News