अपडेट 
२०८० माघ ११, बिहीबार ०८:२३

बढ्दै गएको चिसोको कारण जनजीवन प्रभावित भएको वेलामा मधेश प्रदेश सरकारले गरिव विपन्नहरुलाई कम्बल वितरण कार्य सुरु गरेको छ । मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका जिल्ला विपद् व्यवस्थापन समिति मार्फत कम्बल वितरण कार्य सुरु गरेको छ

। प्रदेश सरकारमा प्रवक्ता तथा गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समीमले धनुषाको मिथिला नगरपालिकाको जमुनिवास, बेङगाडार, महरा टोल, सादा टोल,बडहरी, लालगढ लगायतका स्थानीय गरिव विपन्नहरु कम्बल प्रदान गरी कम्बल वित्तरण कार्यक्रमको सुरुवात गरेका छन् ।

जाडो याममा हुन सक्ने विपद् व्यवस्थापनलाई मध्यनजर गरी पहिलो चरणमा प्रदेश सरकारले २० हजार कम्बल वितरण गर्न लागिएको मन्त्री समीमले बताए । मधेश प्रदेशका जिल्लाहरुमा हुस्सु र दिउँसो चल्ने हावाले अत्यधिक चिसो बढेकोले गरिव विपन्न, असहायहरुको लागि कम्बल वितरण सुरु गरिएको उनले बताए ।

प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिलाई २ हजार थानको दरले कम्बल पठाई सकेको जानकारी दिँदै मन्त्री समीमले आवश्कता अनुसार गरिब विपन्नहरुमा कम्बल वितरण गर्न ती निकायहरुलाई निर्देशन दिइएको बताए । कम्वल नेपाली सेनाबाट जिटुजी प्रक्रिया मार्फत खरिद गरिएको उनले बताए ।

गत पुसमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको वैठकले गरिव, विपन्न तथा असहायलाई कम्बल वितरण गर्ने निर्णय गरेको थियो । चिसोमा लाग्ने हुस्सुको कारण हाईवेहरुमा सवारी दुर्घटना बढ्ने भएकोले सवारी साधनको निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News