अपडेट 
२०८० माघ १२, शुक्रबार १५:०९

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल राय यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिक असरफ आलमलाई भगाउन १ करोडबाट सुरू गरेर १० लाख डिल गरेको पछि ६ लाख २५ हजार पाएको प्रहरीको भनाइ छ ।

खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा भारत पुर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने अन्दाजी ३९ वर्षका असरफ आलमलाई २०६४/०२/०९ गते राति साढे ८ बजेतिर प्रहरी जवान वीरवल राय यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी इन्स्पेक्टर सा’वले बोलाउनुभएको भन्दै बाहिर निकाली दुवैजना फरार भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तत्कालीन जवान यादवलाई आज सार्वजनिक गरेको छ । उनलाई नेपाल-भारत सीमा काकडभिट्टाबाट पक्राउ आज काठमाडौं ल्याइएको हो ।

Comment


Related News

Latest News

Trending News