अपडेट 
२०८० माघ १४, आईतवार ०७:५४

मधेश प्रदेशमा प्रथम सभामुख क्रिकेट कप–२०८० सुरु भएको छ ।

मधेश प्रदेशसभाको छैटौँ वार्षिकोत्सवको अवसरमा शनिबारदेखि क्रिकेट कप सुरु भएको हो । जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा महोत्तरी र सर्लाहीबीच उद्घाटन खेल भएको थियो ।

पहिलो खेलमा महोत्तरीले सहज जित हात पारेको छ । सर्लाही टिमले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ३७ रनको लक्ष्य महोत्तरी टिमलाई दिएको थियो । सर्लाहीका लागि ब्याटिंग गरेका अली हसनले सार्वधिक ६८ बलमा ३८ र विवेक ठाकुरले २७ बलमा २४ रन बनाएका थिए । महोत्तरीका लागि बलिंग गरेका नितेश कुमार यादवले पाँच ओभरमा २७ रन खर्चेर तीन विकेट र रविकुमार सिंहले सात ओभरमा २२ रन खर्चेर दुई विकेट लिएका थिए ।

महोत्तरीको लागि बलिंग गरेका रमेश कुमार सहनी, विनोद सहनी र निरज कुमार यादवले समान १/१ विकेट लिएका थिए । एक सय ३७ रनको लक्ष्य पछ् याएका महोत्तरी टिम २८ ओभर ४ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेका थिए । महोत्तरीका लागि नविन कुमार यादवले सर्वाधिक नटआउट ४९ बलमा ४२ रन र सौरभ नागवंशीले ४१ बलमा ३० रन बनाएका थिए भने नविनले महोत्तरीका लागि उत्कृष्ट ब्याटिंग प्रदर्शन गरेका थिए । सर्लाहीका लागि बलिंग गरेका नवलकिशोर राम र निरज यादवले २/२ विकेट लिए । विवेक चौधीरी र अली हसनले पनि १/१ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच महोत्तरीका नविन कुमार यादव घोषित भएका थिए ।

आइतबार पर्सा र सिरहाबीच खेल हुने आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News