अपडेट 
२०८० माघ १४, आईतवार १६:३६

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । बिहारमा राजनीतिक उथलपुथलसँगै मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका हुन् ।

जनता दल युनाइटेडका नेता नितिश कुमारले राष्ट्रिय जनता दल आरजेडी र कांग्रेस सम्मिलित ‘महागठबन्धन’ मा आबद्ध भइ बिहारको सरकार चलाइरहेका थिए । गत साता बिहारमा विकसित घटनाक्रमसँगै नितिश कुमारले महागठबन्धन परित्याग गरी केन्द्रको सत्तामा रहेको भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार चलाउने अड्कलबाजी चुलिएको थियो ।

उनले आइतबार बिहान ११ बजे राजभवन पुगेर राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले आफूले जनता र पार्टीका नेता कार्यकर्ताको सल्लाहमा पदबाट राजीनामा बुझाएको बताए । उनले बिहारको राजनीतिमा सबै कुरा ठिक नभएकाले राजीनामा दिएको दाबी गरे ।

बिहार राजभवनले पनि नितिश कुमारले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा जानकारी दिँदै नयाँ विकल्प नआएसम्म नितिश कुमार नै कार्यवाहक मुख्यमन्त्री रहने राजभवनले उल्लेख गरेको छ ।

Comment


Related News

Latest News

Trending News