अपडेट 
२०८० माघ १५, सोमबार ०८:०८

जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयमा गरेको तालबन्दीका कारण विश्वविद्यालयको पठनपाठनलगायतका सम्पूर्ण कामकाज प्रभावित भएको छ ।

कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा विवाद उत्पन्न भएपछि एकसाता अगाडि जनमत पार्टीका कार्यकर्ताले राजविराजस्थित कार्यालयमा तालाबन्दी गरेको थियो । माघ ७ गतेदेखि गरिएको तालाबन्दी अझै कायम रहँदा विश्वविद्यालयको पठनपाठन तथा सम्पूर्ण कामकाज प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

एकसातादेखि तालाबन्दी हुँदासमेत खोल्नेतर्फ कसैले चासो नदेखाएको विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु बताउँछन् । “विश्वविद्यालयको कार्यालयमा ताला लागेको छ, भिसि सर र रजिस्ट्रार सर सम्पर्कमा छैन, एक विद्यार्थीले भने, हामीले स्वच्छ वातावरणमा पढ्न पाएका छैनौं, राजनीति नेताहरू गर्छन्, यसमा हाम्रो के दोष, कार्यालय बन्द भएपछि हामीले हाम्रो समस्या कहाँ गएर सुनाउने । “विश्वविद्यालयकोमा लागेको ताला खोलेर पठनपाठनको वातावरण मिलाइदिन विद्यार्थीहरुले आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले एकदुई दिनभित्र विश्वविद्यालयमा लगाइएको ताला खुल्ने बताए । उनले सरोकारवालाहरुसंग छ्लफल गरी छिटै निकास निकाल्ने प्रतिक्रिया दिए । सहमतिमै ताला खोल्ने पहल गर्दैछौं, सम्बन्धित व्यक्तिहरुसंग छलफल गरी निकास निकाल्ने सोचले केही समय लागेको हो, उनले भने, परिस्थिति सहजताका लागि प्रयास जारी छ, सहमति नजुटे बल प्रयोग गरेर भए पनि ताला खुल्छ । “ उनले ताला खोल्नेतर्फ विश्वविद्यालय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, संचारकर्मीलगायत आमजनतालाई आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि आग्रह गरे । यसबारे विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतो र रजिस्ट्रार डा. भगवान ठाकुरलाई सम्पर्क गर्न खोज्दा फोन अफ रहेको थियो ।

गत माघ ८ गते जनमत पार्टीले विश्वविद्यालयको मूल गेटमा लगाएको ताला हालसम्म कायमै छ भने खोल्नेतर्फ सरोकारवाला निकायहरु बेखबर जस्तै देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News