अपडेट 
२०८० माघ १५, सोमबार ०८:१४

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुर तथा मधेश प्रदेशको विकासमा भारतको सहयोग बढ्दै जाने आशा व्यक्त गरेका छन् ।

भारतको ७६आंै गणतन्त्र दिवसका अवसरमा भारतीय महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताउँदै अयोध्यमा निर्माण भएको राममन्दिरले नेपाल भारतबीचको सम्बन्ध सिया–राममय भएको प्रसंग उल्लेख गरे ।

मुख्यमन्त्री यादवले अयोध्या जनकपुर कोरिडोरको विकाससंगै जनकपुरमा भारतीय पर्यटकको निश्चय नै वृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगुवाइको सरकारमा नेपाल भारतबीचको सम्बन्ध झन प्रगाढ भएको बताए । महावाणिज्य दूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भारतका कलाकारहरुद्धारा विभिन्न मनमोहक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर २का नेपाली कांग्रेसमा सांसद अजय चौरसिया, पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादव, स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहलगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, वरिष्ठ उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News