अपडेट 
२०८० माघ १५, सोमबार १६:४८

रौतहट प्रहरीले सोमबार मौलापुर–फतुवा विजयपुर सडकखण्डबाट लागूऔषध नाइट्रोभेटसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी टोलीले ना१३प ४१९२ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा फतुवा विजयपुर नगरपालिका–८ विजयपुरका २८ वर्षीय सञ्जयकुमार दासलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

डीएसपी गिरीका अनुसार पक्राउ परेका दासको शरीरबाट लागूऔषध नाइट्रोभेट २८९ पिस बरामद भएको छ । पक्राउ परेका दासलाई प्रहरीले लागूऔषधसम्बन्धी कसुरमा मुद्दा चलाई अदालतबाट म्याद थपेको छ ।

दासले नाइट्रोभेट कहाँबाट ल्याए र कहाँ लैजाँदै थिए भन्ने अनुसन्धान थालेका छौं, डीएसपी गिरीले भनिन् ।

Comment


Related News

Latest News

Trending News