अपडेट 
२०८० माघ १५, सोमबार २०:०४

सिरहाको मिर्चैया अस्पतालमा सिजेरियन डिलिभरी गराउने महिलाको संख्यामा वृद्धि भएको पाइएको छ ।

पहिला बर्थिङ सेन्टर मात्र रहेको उक्त अस्पतालमा करिब डेढ वर्ष अघि सीइओएनसी प्रोग्राम अन्तर्गत सिजेरियन डिलिभरी सेवा सुरु भएदेखि अहिले सिजेरियन डिलिभरी गराउने महिलाको संख्यामा वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतको भनाइ छ । महिनामा औसत २५० देखि ३०० जना महिलाको डिलिभरी हुँदै आएकोमा ४० देखि ५० जना महिलाको सिजेरियन डिलिभरी (अप्रेसन विधि)  बाट हुने गरेको उनले जनाइन ।

उनले अस्पतालमा सिरहा जिल्लाको मिर्चैया नगरपालिका, कल्याणपुर, नरहा, गोलबजार ,धनगढिमाई, बरियारपटि, कर्जन्हा, लहान,
धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका ,चारनाथ नगरपालिका, क्षिरेशवरनाथ नगरपालिका, सबैला नगरपालिकाका साथै
महोत्तरी र सर्लाही जिल्लाका पनि विरामीहरु अहिले आउने गरेको जानकारी दिइन ।

मिर्चैया अस्पतालमा Obstetrics & gynecological service, Pediatrics service, Dental Service, Ophthalmology department, General medicine,  २४औं घण्टा इमेरजेन्सी सेवा, भिडियो एक्सरे, digital एक्सरे, अत्याधुनिक ल्याब सेवा, फार्मेसी सेवा तथा जिल्ला मै एक मात्र DR TB सेवाहरु संचालित छन् ।

Comment


Related News

Latest News

Trending News