अपडेट 
२०८० माघ १६, मंगलवार १७:३७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका अधिकृत तथा हाल मन्त्रालयका शाखा अधिकृत भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले दाबी गरेको छ ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४/०४/२६ देखि मिति २०७९/०२/३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News