अपडेट 
२०८० माघ १६, मंगलवार १५:०१

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।

राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।

पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ ।

अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

Comment


Related News

Latest News

Trending News