२०८० माघ १६, मंगलवार १९:३३

प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर सिराहा भई हाल काठमाडौँ बस्ने २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षीय आर्यन शाह, २४ वर्षीय अनिष कुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २४ वर्षीय शिवम कुमार यादव र २४ वर्षीय हरि शङ्कर चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरूलाई गोप्य सूचनाका आधारमा काठमाडौँको नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर जडीबुटी लगायतको क्षेत्रबाट नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले क्यास एप, क्रिप्टोकरेन्सी जस्ता कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News