अपडेट 
२०८० माघ १८, बिहीबार ०७:२१

जनकपुरधामका सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको विरोधमा यहाँका व्यपारीहरुले प्रदर्शन गरेका छन् ।

विना विलको सुन खरिद गरेको भन्दै बलराम ज्वेलर्सका सञ्चालक बलराम साह, अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र कालिगढहरु अजय सोनार र संजय सोनारलाई प्रहरीले पक्राउ गरेर पथलैया पठाएको विरोधमा उनीहरु बुधबार प्रदर्शन गरेका छन् ।

सिरहाका मिर्चैयाका कालिगढ अजय सोनार र संजय सोनारले करिव १० लाख बराबरको सुन जनकपुरधामका व्यवसायी बलराम र अरुणलाई बेच्न आएका थिए ।

सोमवार राति नै प्रहरीले पक्राउ गरेका सोनारद्वय संग सोधपुछ गर्दा आफू बिल सिरहामै बिर्सेर आएको भन्दा अनुसन्धानकालागि बलराम र अरुणलाई बोलाएर प्रहरीले पथलैया पठाएपछि यहाँका सुनचाँदी व्यवसायी, सुनचाँदी कालिगढ संघले टायर बालेर प्रदर्शन गरेका थिए ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम देवकोटाले यहाँ चारै जनालाई ल्याइएको र सुनको तौल गर्न बुधवार रातिनै कलैया सुनचाँदी व्यवसायी संघमा पठाएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News