अपडेट 
२०८० माघ १८, बिहीबार ०७:२४

जनता समाजवादी पार्टी नेपालका युवा नेता एवम् सामाजिक कार्यकर्ता सीताराम यादवले ६० औं पटक रक्तदान गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १९ जमुनियाका यादवले गत २०६३ सालयता रक्तदान गर्न थालेका हुन् । बुधबार जनकपुरधामस्थित नेपाल रेडक्रस धनुषाको रक्तसञ्चार केन्द्रमा ६० औं पटक रक्तदान गरेका यादवले रगत दान गरिरहँदा आफूले अतुल्य सन्तुष्टिबोध गर्दै आएको बताए । उनले रगत अभावमा अकाल मृत्युवरण गर्न बाध्य भएकाहरूको ज्यान जोगिने भएकाले पटकपटक रक्तदान गर्न प्रेरित भएको सुनाए ।

यादवले सबैभन्दा कम ४२ दिनमा र बढीमा तीन महिनाको अन्तरालमा रगत दान गर्ने गरेका छन् ।

नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत आवश्यक पर्छ । रक्तस्रावका बिरामी, प्रसूति, मुटु, मस्तिष्कलगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्युकेमिया लगायतका रक्त क्यान्सर, हेमोफिलिया र रक्तअल्पताजस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ ।

अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु, मस्तिष्कलगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । विभिन्न खालका शल्यक्रिया, सडक दुर्घटना, बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेसन आदिमा पनि रगत जरुरी हुन्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् ।

तसर्थ, रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ ।

Comment


Related News

Latest News

Trending News