अपडेट 
२०८० माघ १९, शुक्रबार ०७:४५

यातायात कार्यालय रौतहटमा रातिमै परीक्षा र ट्रायल हुने गरेको पाइएको छ ।

दिनमा बढी चहल पहल रहने यातायात कार्यालय रौतहटमा लाइसेन्सका लागि रातिमै लिखित परीक्षा र रातिमै ट्रायल हुने गरेको छ ।

यातायात कार्यालय रौतहटका प्रमुखमा अरविन्द दास आएपछि चालक अनुमतिपत्र लिनका लागि मधेशका अन्य जिल्लाबाट समेत सर्वसाधारण रौतहट पुग्ने गरेका छन् । मोटरसाइकल, चारपांग्रे सवारी साधनका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेका छन् ।

मोटरसाइकलको लाइसेन्सका लागि २० देखि २५ हजार र चारपांग्रे सवारीको लाइसेन्सका लागि ३५ देखि ४० हजार रुपैयाँसमेत उठाउने गरेका छन् । यातायात कार्यालय रौतहटमा सर्वसाधारण भन्दा बढी बिचौलियाहरुको उपस्थिति अधिक रहेको समेत पाइएको छ ।

मधेश प्रदेशका हरेक जिल्लामा यातायात कार्यालय रहे पनि रौतहट अहिले सवैको रोजाइमा पर्न थालेको छ ।

Comment


Related News

Latest News

Trending News