अपडेट 
२०८० माघ १९, शुक्रबार ०७:५३

पछिल्लो केही दिन यता जनकपुरधाममा अटो रिक्सा चोरीको घटनामा वृद्धि भएको छ ।

बुधवार राती मात्रै जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरको हनुमानथानबाट स्थानीय अकबर साफीको ना३ स २२५० नम्बरको अटो रिक्सा चोरी भएको छ । घर अगाडि नै चार्जका लागि राखिएको उक्त रिक्सा मध्यरातिमा चोरी भएको पीडितले बताए ।

केही दिन अघि जनकपुरधाम– ४ कटैया चोरीमा चार्जका लागि राखिएको एक अटो रिक्सामा अज्ञात समूहले आगजनी गरेका थिए । दुई दिन अघि मात्रै जनकपुरधामको विभिन्न स्थानबाट ४ वटा अटो रिक्सा चोरी भएको थियो । अटो रिक्सा चोरीको घटनामा वृद्धि भएपछि दैनिक अटो रिक्सा चलाएर घरपरिवारको जीविका चलाउने सर्वसधारण मदजुर मारमा परेका छन् ।

कमाईको एक माध्यम रिक्सा रहेकोले त्यो रिक्सा नै चोरी भएपछि ती परिवारहरुको बिच्चलीमा पर्ने गरेका छन् । ऋण, सापटी गरेर अटो रिक्सा खरिद गरेका मजदुरहरु अटो रिक्सा नै चोरी भएपछि झन समस्यामा पर्ने गरेका छन् । यो विषयमा प्रहरी प्रशासनले वडाहरुमा गस्ती बढाउनुपर्ने पीडितहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News