अपडेट 
२०८० माघ १९, शुक्रबार १५:३४

सरकारले नवप्रवर्धक उद्यमी प्रोत्साहनका लागि स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवथाअनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमीसँग प्रस्ताव मागेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेपछि प्रतिष्ठानले प्रस्ताव माग गरेको छ । मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो । मन्त्रालयले स्वीकृत गरेको कार्यविधिअनुसार स्टार्टअप उद्यमका रूपमा १६ वटा क्षेत्रमा उद्यम गर्न सकिने भएको छ । यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने सरकारको तयारी गरेको छ । कर्जा तीन किस्तामा उपलब्ध हुने छ ।

स्टार्टअप उद्यमको मापदण्ड पूरा गरेका, तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्ताव पेस गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राख्ने भएको छ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा भने उद्यमी आफैँले गर्नुपर्ने भएको छ । कर्जा सुरक्षण भने कर्जा सुरक्षण कोषमार्फत हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News