अपडेट 
२०८० माघ २०, शनिबार ०८:३७

बाराको बजनी स्थित साखः स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएको छ ।

उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द गर्नुपरेको साखः स्टिलका प्रबन्धक राजु प्रसाद तिमल्सिनाले जानकारी दिए । उद्योग बन्द हुँदा करिब ३ सय मजदुर बेरोजगार भएका छन् । साखः स्टिल करिब २ बर्ष देखि उत्पादन बन्द गरेको थियो । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लगत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ ।

सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगी लामो समयदेखि असन्तुष्ट रहेका छन् । उत्पादन लगत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएको उद्योग बन्द अवस्थामा पुगेको छ ।

कात्तिक मसान्तसम्मको तलब मजदुरहरुलाई दिएको र त्यसपछिको तलब दिन नसक्ने भन्दै मजदुरहरुलाई घर पठाइएको प्रबन्धक तिमल्सिनाले बताए । मजदुरहरुलाई घर पठाइएपछि मजदुरहरु श्रम अदालतमा मुद्दा गरेका छन् ।

सरकारको नीति पछि स्पञ्ज तथा फलामका कबाड गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्षरूपमा हामी ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा पर्यौँ, जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन”, तिमल्सिनाले भने–“त्यस्तै आर्थिक मन्दी, पूर्वाधार विकासका काममा कमी, घर निमाणका कामहरु नहुँदा माग नभएको लगायतले पनि उद्योग चल्न सकेनन् ।”

एकै प्रकृतिका कच्चा पदार्थ आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्धक तिमल्सिनाले जानकारी दिए । नेपालमा स्क्राप गलाएर सेकेन्ड्री ब्लेडबाट छड बनाउने उद्योग ६/७ वटा र नयाँ ब्लेटबाट छड बनाउँने उद्योग २४/२५ वटा रहेको साखः स्टिलका प्रबन्धक तिमल्सिनाले बताए ।

उनले कच्चा ब्लेटबाट छड बनाउँदा सेकेन्ड्री भन्दा ११ रुपैया महंगो पर्न जाने बताए । सरकारले कच्चा ब्लेट आयाता गर्ने उद्योग र फलामका कबाड गलाएर ब्लेड बनाउने उद्योगहरूलाई सम्मान दृष्टिकोणले नहेरे सम्म उद्योग चल्न सक्ने अवस्था नरहेको प्रबन्धक तिमल्सिनाले बताए ।

Comment


Related News

Latest News

Trending News