अपडेट 
२०८० माघ २१, आईतवार ०९:३७

प्रहरी प्रशासनको विरोधमा जनकपुरधामका व्यवसायीहरूले आज बजार बन्द गर्ने भएका छन् । आइतबार दिउँसो २ बजेसम्म बजार, उद्योग र व्यवसाय बन्द गर्ने जनकपुरधाम उद्योग वाणिज्य संघले आह्वान गरेको छ ।

बिल बिजकबिना सुनको अबैध कारोबार गरेको भन्दै गत बुधबार धनुषा प्रहरीले जनकपुरधामका सुनचाँदी व्यावसायीहरू बलराम साह, अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय साह सोनार र संजय साह सोनारलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो । विभागले बिहीबार उनीहरू धरौटीमा रिहा गरेको थियो ।

प्रहरीले जथाभावी व्यवसायीलाई बदनाम गर्न यसो गरेको भन्दै व्यवसायीहरु आक्रोशित बनेका छन् ।

प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित व्यवसायीइले आइतबार दिउँसो २ बजेसम्म बजार बन्द गर्दै मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।

जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले प्रहरीको व्यवहारले उद्योगी–व्यवसायी असुरक्षित महसुस गरेको बताए । उनले राजश्व छलेको आरोपमा व्यवसायीहरूलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा झुटा मुद्दा लगाइएको दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News