२०८० माघ २२, सोमबार ०८:०३

मधेश प्रदेश सभाको छैटौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रदेश सभा सचिवालयको परिसरमा आयोजित प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोह समितिको उद्घाटन मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र तथा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा प्रदेश प्रमुख मिश्रले प्रदेश सभामा जनताको पक्षमा प्रदेश सरकार तथा सरोकारवाला अन्य निकायहरूको ध्यानाकर्षण गर्दै आउनुभएका नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरलाई उत्कृष्ट प्रदेश सभा सदस्य तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूमध्ये जानकी प्रसाद साहलाई दोसल्ला, कदर पत्र तथा नगद सहित सम्मानित गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारले मधेश प्रदेशको विकासलाई प्राथमिकतामा राखेर सुशासनलाई ध्यानमा राखेर काम अगाडि बढाएको बताए । उनले प्रहरी समायोजन तथा निजामती कर्मचारीको समायोजनसहित संघीयतालाई बलियो बनाउनका लागि प्रधानमन्त्री गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीको अध्यक्षतामा माघ २४ गते हुने अन्तर प्रदेश बैठकले ठोस निर्णय लिने आशा व्यक्त गरे ।

Comment

Related News

Latest News

Trending News