२०८० माघ २२, सोमबार ०९:२८

आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

नेपाल चलचित्र सङ्घले सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर आज देशभरका हल बन्द गरेको छ ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करको खारेजीको माग गर्दै आज फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको भन्दै विरोध गरेको छ ।

यस्तै, चलचित्र संघको निर्णयमा क्युएफएक्सले पनि ऐक्यबद्धता जनाएको छ ।

Comment

Related News

Latest News

Trending News