अपडेट 
२०८० माघ २२, सोमबार १५:२८

निर्वाचन आयोगले उपचुनाव गर्नुपर्ने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज विज्ञप्ति निकालेर उपचुनावको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । २०७९ सालको वैशाख १० गते पालिका चुनाव र मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएपछि रिक्त पदहरूमा उपचुनाव गर्ने तयारी आयोगले गरेको छ ।

पालिका, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका २३ वटा पद रिक्त रहेकाले उपचुनाव गर्नुपर्ने आयोगले जनाएको छ । पद रिक्त रहेका क्षेत्रहरूको विवरणसहित आयोगले मतदाता नामावली दर्ता गर्न अनुरोध गरेको हो ।

उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी शुरु गरेको आयोगले जनाएको छ । मतदाता नामावली ऐन २०७३ मा चुनावको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

Comment


Related News

Latest News

Trending News