अपडेट 
२०८० माघ २३, मंगलवार ०८:१२

नेपाल रेल्वे कम्पनीको पिपराडी स्टेसनमा सशस्त्र प्रहरीले सुरक्षा बेस स्थापना गरेको छ । रेल्वेको जनकपुरधाम बिजलपुर खण्डस्थित पिपराढी स्टेसन परिसरमा सशस्त्रले रेल्वे सुरक्षा बेस स्थापना गरेको छ ।

सुरक्षा बेसको लोहरपट्टी नगरपालिकाका उपप्रमुख सरिता शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टर महोत्तरीका एसपी लेखनाथ खनालले सोमबार संयुक्त रुपमा उद्घाटन गरे । लामो प्रतीक्षापछि सञ्चालित रेल्वेको सुरक्षा र यात्रुको सुविधाका लागि सशस्त्र प्रहरीले पु¥याएको योगदानको चर्चा गर्दै उपप्रमुख शर्माले सशस्त्र बेस स्थापनाले रेल्वे सेवा र यात्रुको सुरक्षामा थप योगदान पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले शान्ति सुरक्षाका हरेक मोर्चामा क्रियाशील सशस्त्र प्रहरीको सहयोगमा स्थानीयतह प्रतिबद्ध रहेको बताइन् ।

रेल्वे स्टेसन परिसरमा बेस क्याम्प स्थापनाले सशस्त्र प्रहरीलाई थप प्रभावी र विश्वसनीय सेवा प्रवाह गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

नेपाल सरकारको २०७७ साल पुस १५ गतेको निर्णयअनुसार रेल्वे सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्टेसन तथा हल्टहरुमा गत साउन १ गतेदेखि सुरक्षा परिचालन गर्दै आएको छ । सोही क्रममा पिपराढी स्टेसनमा सशस्त्र बेस स्थापना गरिएको सशस्त्र हेड क्वार्टर महोत्तरीका एसपी खनालले बनाए । उनका अनुसार पिपराढी रेल्वे बेसमा असइको कमाण्डमा सुरक्षा परिचालन गरिएको छ ।

गत असार ३१ देखि सञ्चालित जनकपुरधाम बिजलपुरा रेल्वे सेवाअन्तर्गतका स्टेसन तथा हल्टहरुमा सशस्त्र प्रहरीले सुरक्षा परिचालन गर्दै आएको छ । सधैँ भीडभाड हुने मूल स्टेसन जनकपुरधाममा भने डिएसपीको कमाण्डमा यसअघि नै रेल्वे सुरक्षा बेस स्थापना गरी सेवा प्रवाह गर्दै आएको सशस्त्रले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News